सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २४, बिहिबार (१ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी छ । सुनको मूल्यले आज सबैभन्दा बढी मूल्यको अर्को रेकर्ड छोएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिन दैनिक आकाशिएको सुनको मूल्य बिहीबार प्रतितोला १५ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार र तेजावी सुन प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीबार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । प्रतितोला पाँचले घटेर बिहीबार चाँदी एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस