इतिहासमा पहिलोपटक भारतको लोकसभा सदस्यले नेपाली भाषामा लिए सपथ (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ अषाढ ३, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ३,काठमाडौँ । भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् । लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषामा सपथ लिएका हुन् ।

लोकसभामा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अँग्रेजीमा सपथ लिएपनि आजसम्म नेपाली भाषामा कसैले पनि सपथ नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले नेपाली भाषामा सपथ लिने उनी पहिलो लोकसभा सदस्य रहेको उल्लेख गरेको छ ।

सपथको पहिलो दिन संस्कृत भाषामा मात्रै १७ जना सांसदहरुले सपथ लिएका थिए । अधिकांश सांसदहरुले हिन्दी भाषामा सपथ लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस