असार ४, काठमाडौँ । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ ।
नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आर्प्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै दोषी ठहर गरिएको छ ।
क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले आर्प्समाथि सजाय सुनाएका हुन् । अदालतमा आप्र्सले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए ।
क्राइस्टचर्चको मस्जिदमा भएको आक्रमणमा ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अरु केही घाइते भएका थिए । (एजेन्सी)