कालीमाटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । काठमाडौंको कालीमाटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उदयपुरको पञ्च गाउँपालिका–६ का २५ वर्षीय कुमार खत्रीलाई बुधबार बिहान मोटरसाइकलले ठक्कर दिएको हो ।

घाइते खत्रीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान सवा ३ बजे बा ५२ प ५४५६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत कालीमाटीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस