पाकिस्तानको अर्थव्यवस्था संकटमा ! मुद्रामा ऐतिहासिक गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १२, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १२,काठमाडौँ । पाकिस्तानको अर्थव्यवस्था हरेक दिन संकटमा फस्दै गएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको रुपैयाँ बुधबार इन्टर बैंकिङ ट्रेडमा १६४ सम्म पुगेको छ । दोस्रो तर्फ बुला बजारमा पनि पाकिस्तानी रुपैयाँ १६० भन्दा बढी पुगेको छ । बुधबार पाकिस्तानी रुपैयाँ एक डलरको तुलनामा ७.२ रुपैयाँले कमजोर भयो ।

पाकिस्तानको अर्थव्यवस्था पहिलेदेखि नै संकटमा पर्दै आएको छ । यस्तो अवस्थामा रुपैयाँमा जारी गिरावटले संकट झनै बढेको छ । रुपैयाँ ऐतिहासिक रुपमा सबैभन्दा तल्लो स्तरमा आएको अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानमा यसै हप्ता सुनको मूल्यमा भारी वृद्धि भयो । बुधबार पाकिस्तानमा १२ ग्राम सुनको मूल्य ८० हजार ५ सय रुपैयाँ पुग्यो । पाकिस्तानको विदेशी मुद्रा भण्डार पनि ७।६ अर्ब डलरमा झर्यो ।

गत हप्ता स्टेट बैंक अफ पाकिस्तान एसबीपीका गर्भनर डा। रजा बकिरले भनेका थिए, यस्तो गिरावट केही दिनका लागि मात्रै हो । तीन जूनदेखि रुपैयाँमा गिरावट आइरहेको छ । हालसम्म पाकिस्तानी रुपैयाँ ९ प्रतिशतले कमजोर भएको छ ।

पाकिस्तानको चालु आर्थिक वर्ष ३० जूनमा समाप्त हुँदैछ । रजा बकिरका अनुसार धेरै कम्पनीहरुले ३० जून अगाडि नै आफ्ना सबै अन्तर्राष्ट्रिय भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि उनीहरुलाई डलर आवश्यक पर्दछ । त्यसैले यो गिरावटको अवस्था देखिएको हो ।

इमरान खान प्रधानमन्त्री बनेपछि १० महिनाको अवधिमा पाकिस्तानी रुपैयाँमा २९ प्रतिशतले गिरावट आएको छ । गत वर्ष १८ अगष्टमा पाकिस्तानी रुपैयाँ १२३.३५ थियो, जुन २६ मई २०१९ मा १६० भन्दा बढी भयो ।

पाकिस्तानको इतिहासमा यति छोटो समयमा यति धेरै गिरावट पहिलो पटक भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ६ अर्ब डलरको ऋण सम्झौतालाई हेर्ने हो भने पाकिस्तानको रुपैयाँ अझै कमजोर हुने आशंका गरिएको छ ।

पाकिस्तान प्रोफिटका पाक कुवेत इन्भेष्टमेन्टका एवीपी रिसर्चका अदनान शेख भन्छन्, ‘सन् २०१९ को अन्तसम्म पाकिस्तानी रुपैयाँमा १७५ देखि १८० सम्म गिरावट आउन सक्छ । यसलाई रोक्न सकिँदैन । भुक्तानीका लागि डलरको माग बढीरहेको छ । हामीसँग पर्याप्त डलर छैन । यस्तो अवस्थामा डलर खरिद गर्नुपर्छ । डलर खरिद गरेपछि रुपैयाँमा गिरावट आउँछ नै ।’

आर्थिक संकटलाई देख्नासाथ १० जूनमा राष्ट्रको नाममा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सबै पाकिस्तानीहरुसँग भनेका थिए, ३० जूनसम्म आफ्नो सम्पत्ती सार्वजनिक गर्नुस् ताकि वैध र अवैध सम्पत्तीको अन्तर पत्ता लागोस् । उनले भनेका थिए( ३० जुनभित्र आफ्नो बेनामी सम्पत्ती, बेनामी बैंक अकाउन्ट, विदेशमा राखिएको पैसा सार्वजनिक गरिदिनुस् किनभने ३० जुनपछि यो मौका मिल्ने छैन ।

पाकिस्तानका प्रधानमन्त्रीका अनुसार पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट ३० हजार अर्ब रुपैयाँसम्म पुगिसकेको छ । पाकिस्तानले हरेक वर्ष संकलन गर्ने चार हजार अर्ब रुपैयाँको आधा रकम त ऋणको किस्ता तिर्दैमा सकिन्छ । बाँकी बचेको पैसाले देश चलाउन सकिँदैन ।

एजेन्सीको सहयोगमा

ताजा अपडेट

खोजी गर्नुहोस