जिसिएम सम्मेलन सम्पन्न : श्रममन्त्री विष्ट स्वदेश फिर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २९, शनिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २९,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोको माराकेसमा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) सम्मेलनमा सहभागी भई आज स्वेदश फर्किएका छन ।

मन्त्री विष्ट नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले यही मङ्सिर २४ र २५ गते भएको उक्त सम्मेलनमा सहभागिता जनाएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै उनले सुरक्षित आप्रवासनका लागि सबैको सहकार्यको आवश्कतामा जोड दिएका थिए ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्री विष्ट, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल र वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईँले सहभागिता जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस