प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ प्रक्रिया आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

१ पौष, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गर्ने भएको छ।

संघीय संसदको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको सिफारिस समितिमा आएको र सोही अनुसार जबराको सुनुवाइ प्रक्रिया थालिने जानकारी दिए। सुनुवाइ प्रक्रिया सुरु गर्न समितिको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ।

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते बिहीबार सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सुनुवाइ समितिले जबराविरुद्ध सार्वजनिक उजुरी आह्वान गर्नेछ, त्यसपछि सुनुवाइ हुनेछ।

पुनारावेदन र सर्वोच्च अदालतमा रहेका बेला जबराले गरेका फैसलाका कारण उनको आलोचना हुने गरेको छ। यसअघि संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अश्वीकार गरेको थियो।

जोशीलाई सुनुवाइ समितिमा दिएको जवाफमा सन्तुष्ट हुन नसकेको, शैक्षिक कागजातमा आशंका रहेको र विभिन्न विवादित फैसलाका गरेको भन्दै सुनुवाइ समितिले बहुमतका आधारमा प्रधानन्यायाधीशमा अश्वीकार गरेको थियो।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस