इञ्जिनीयर्स एशोसियसनको केन्द्रको मत गणना जारी, प्रगतिशील सङ्गठनको अग्रता कायमै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस १,काठमाडौँ । नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन पछि अहिले मत गणना जारी छ । केही स्थानको मत परिणाम आईसकेपनि केन्द्रको परिणामलाई लिएर कौतुहलता बढिरहेको छ ।
यसैबीच राजधानीमा मतगणना भईरहदा एशोसिएसनको नेतृत्वको लागी प्रगतिशील सङ्गठनबाट अध्यक्षका उम्मेद्धार त्रीरत्न बज्राचार्यले अग्रता कायम राखिरहेका छन ।
१२ सय मत गणना हुँदा त्रिरत्नको पक्षमा ६ सय २० मत छ भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक सङ्गठनबाट अध्यक्षका उम्मेद्धार हिरेन्द्रमान प्रधानले ५ सय ५२ मत ल्याउर पछ्याईरहेका छन ।

अहिले सम्मको जारी मत गणनामा प्रगतिशील सङ्गठनको प्यानलनै अगाडी रहेको पिनका केन्द्रिय सदस्य तथा ईन्जिनियर सञ्जिव रोक्काले अनलाईन केन्द्रलाई जानकारी दिए ।

कर्णाली प्रदेश कार्यकारिणी समितिको सभापतिमा प्रगतिशील सङ्गठनका सोनालाल यादव विजयी

इञ्जिनीयर्स एशोसियसन नेपाल कर्णाली प्रदेश कार्यकारिणी समितिको सभापतिमा प्रगतिशील सङ्गठनका सोनालाल यादव विजयी भएका छन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार सम्पन्न निर्वाचिनबाट प्रगतिशील सङ्गठनका यादव नेतृत्वको सिङ्गो प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदीश लामिछानेले जानकारी दिए ।

उनका अनुसार सभापति यादवले १०५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक सङ्गठनका हरि केसीले ९९ मत ल्याएका थिए ।

त्यस्तै, प्रगतिशीलका उपसभापति नवराज खतिवडाले ११० मत ल्याएर विजयी हुनुभएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी खुमबहादुर भण्डारीले ९३ मत प्राप्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस