संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ३, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस ३,काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ ।

मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

सोही अनुसार मंगलबार राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ११ गते संघीय संसदको दुबै सदनको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानको पत्र आएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस