पार्टीले सरकार चलाउनुपर्नेमा सरकारले पार्टी चलाएजस्तो भयो : प्रचण्ड’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताले पूर्णता पाउन नसक्दा सरकारका काम प्रभावकारी हुन नसकेको बताएका छन् । पार्टीले सरकार चलाउनु पर्नेमा सरकारले पार्टी चलाएको जस्तो अवस्था देखिएको प्रचण्डको ठम्याइ छ ।

‘सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने हो’ स्थायी समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्नको बुधवार जवाफ दिँदै प्रचण्डले भने, ‘एकताका काम सम्पन्न गरेर सरकार पार्टीले चलाउने हो, केन्द्र प्रदेशदेखि पालिकासम्म ।’ प्रचण्डले सरकारले ठिकै ढंगले काम गरेपनि पार्टी एकताले पूर्णता लिन नसक्दा सरकारको काम जनताले अपेक्षा गरेजस्तो हुन नसकेको बताए ।

 

स्थायी कमिटी बैठकमा झण्डै एक घण्टा बोलेका प्रचण्डले सरकार प्राप्त भएपनि सत्ता प्राप्त भइनसकेको बताएका थिए । ‘हामीसँग सरकार मात्र छ, सत्ता प्राप्त हुन नसक्दा जनताका अपेक्षा पूरा हुन सकेका छैनन’ उनले भने । नेकपा बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले पार्टी पद्धति कुल्चिएर अध्यक्षद्वयको मनोमानी चलेको भन्दै आलोचना गरेका थिए ।

प्रचण्डले तत्कालीन माओवादी र एमालेका सकारात्मक गुणलाई लिएर नयाँ पार्टी बनाइने बताए । ‘हामी नयाँ ठाउँमा जाने हो, सरकारलाई नयाँ उचाइमा लैजाने हो, कम्युनिष्ट आन्दोलनलाई नयाँ ठाउँमा लैजाने हो र देशलाई नै नयाँ दिशामा लैजाने हो’ प्रचण्डले भने । पुस महिना भित्र कार्यदल बनाएर पार्टी एकताको काम सम्पन्न गर्न प्रचण्डले प्रस्ताव गरेका छन् ।

सरकार भन्दा पार्टी प्रधान भएकोले पार्टीलाई एक ढिक्का बनाउने कुरालाई प्रचण्डले विषेश जोड दिएका स्थायी समिति सदस्य मणि थापाले जानकारी दिए । ‘नेपाल भूराजनीतिक दृष्टिले पनि चुनौति र सम्भावनाको दोसाधमा छ । विश्वको शक्ति एसियातिर आउँदा रणनीतिक रुपले नेपालले फाइदा लिनसक्छ’ प्रचण्डले बैठकमा भने, ‘पार्टीलाई एक ढिक्का बनाउदा नै बाह्य चुनौतीलाई सामना गर्न सकिन्छ ।’

एसिया प्यासिफिक समिटबारे बोलेनन्, ओलीको जवाफ भोलि

नेकपा बैठकमा विबादको विषय बनेको एसिया प्यासेफिसक समिटिको बारेमा भने प्रचण्डले केही बोलेनन् । यसअघि सम्मेलनवारे सरकारको वचाउ गरेका प्रचण्डले सम्म्लनबारे आज केही बोलेनन् ।

आफूहरुको प्रतिवेदनप्रति फरकमत राखेका प्रभावाली नेता वामदेव गौतमले पेश गरेको प्रतिवेदनमा उठाएका विषयलाई समाजोजन गरेर जाने प्रचण्डले संकेत गरे । ‘साथीहरुको सुझाव सल्लाह अनुसार परिमार्जन गरेर अगाडि बढौं’ प्रचण्डले भने ।

स्थायी समिति बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलि जवाफ दिने कार्यक्रम छ । भोलिको बैठक दिउसो ३ बजेका लागि तय भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस