पौष ११, काठमाडौं । डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता तोडमोड गरे जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले आफूसँग भएको सम्झौता अलिकति पनि तलमाथि गर्ने प्रयास नगर्न सचेत पनि गराएका छन् छ । आफ्नो अल्टिमेटमलाई अस्वीकार गर्दै तोडमोड गर्ने प्रयास भए यसपछिको लडाईँ माफियाहरुसँग मात्रै नभएर तिनलाई संरक्षण गर्ने, परिचालन गरेर धनी हुन खोज्ने राजनीतिक दलका नेताहरु, पदाधिकारीहरुविरुद्ध केन्द्रित हुने चेतावनी पनि दिए।
निजी मेडिकल कलेजहरुलाई सरकारीकरण नगरेसम्म मेडिकल शिक्षामा सही सुधार हुन नदिने लक्षण देखिएको भन्दै डाक्टर केसीले अब बदमासी गर्ने निजी मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्नुपर्ने जोड दिए।