‘विपक्षीले चलाएका हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दल (संघीय संसद र राष्ट्रियसभा)को बैठकमा उनले राजनीतिक आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्ने बताए ।

‘२००७ सालमा राणाविरोधी आन्दोलन सफल भयो । तर, त्यसको उपलब्धिको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धि संस्थागत भएन’–उनले भने–‘२०६२/६३ को जनआन्दोलनका उपलब्धिलाई पनि संस्थागत र सफल हुन नदिने मनसाय बोकेका केही मानिसहरु छन् । तिनको मनसाय पूरा हुन दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले बुधारदेखि सुरु संसदको अधिवेशन विधेयक अधिवेशन भएकाले सरकारले संसदमा पेस गरेका विधेयकहरुको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिएका छन् ।

‘विधेयकहरु पारित भएपछि कानुनकोरुपमा आउँछन् । त्यसकारण यसको गहन अध्ययन गर्नुहोस् । पार्टी नीति र सिद्धान्तअनुसार आफ्ना कुराहरु राख्नुहोस्’–उनले भने ।

प्रधानमन्त्री ओलीले सांसदलाई सरकारका काम–कारबाहीकाबारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खन्डन गर्न निर्देशनसमेत दिएका छन् ।

‘सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस्’–उनले भने–‘मन्त्रीहरुले पनि सांसदलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिनुहोस् ।’ रासस

ताजा अपडेट

खोजी गर्नुहोस