कार्तिक ८,पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य सोमनाथ अधिकारी (प्यासी) ले आगामी उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ कुनैपनि हालतमा जित्नुपर्ने बताएका छन ।
मदन भण्डारी फाउण्डेशन कास्कीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्यासीले जवज अहिलेको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह रहेको बताए ।
फाण्डेशनका केन्द्रिय सदस्यसमेत रहेका नेता प्यासीले नेकपा मदन भण्डारीको विचारमा अघि बढिरहेको बताउदै नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको अतुलनिय योगदान रहेको बताए. । पार्टीले अगिंकार गरिरहेको जनताको जनवाद भनेकै बहुदलियता सहितको जनताको जनवाद हो उनले भने । नेता प्यासीले उपनिर्वाचनको लागी पार्टीका सबै नेता–कार्यकर्ता एक हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य भिम कार्कीले मदन भण्डारीकै विचारमा पार्टी अघि बढिरहेको भन्दै उनले समय सापेक्ष केही परिमार्जन गर्दै विचारमा एकरुपता ल्याउनुपर्ने बताए । उनले कास्की क्षेत्र नम्बर २ मा रविन्द्र अधिकारी गुमाएपनि अब अर्को रविन्द्र अधिकारी जन्माउनुपर्ने विचार व्यक्त गरे । नेकपाकी नेतृ पुष्पा केसीले प्रदेश र केन्द्र सरकारले गरेको कामहरुको विषयमा प्रष्ट पार्नु पारेकी थिईन ।
शुभकामना आदानप्रदान कार्यक्रममा युवासंघका पुर्वउपाध्यक्ष माधव बास्तोलाले पार्टी भित्र सुद्धिकरण र सुदृढिकरण गर्नु मुल आवश्यकता हो भन्दै पार्टीले यस विषयलाई मुख्य ध्यान दिनुपर्ने बताए । जिल्लामा मदन भण्डारी फाउण्डेशनले गरिरहेको कामको विषयमा उनले प्रष्ट पारेका थिए । कार्यक्रमको अध्यक्षता चन्द्र प्रासद पौडेलको रहेको थियो ।