कात्तिक ८, कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की-२ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज भीम कार्कीका अनुसार शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो।
उनले भने, ‘उम्मेदवारका लागि सर्वसम्मत रुपमा उहाँको नाम मात्र सिफारिस गरिएको हो।’
भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन्।
गत १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ।