कास्की २ बाट विद्या भट्टराई नेकपा उम्मेदवार

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको शनिबार बसेको सचिवालय बैठकले कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिनिधिसभा सदस्यका लागि हुने उपचुनावमा कास्की २ बाट भट्टराईलाई उठाउने निर्णय भएको नेकपा सचिवालयका एक सदस्यले बताए। भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारी पत्नी हुन्।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि खाली भएको कास्की २ बाट पत्नी भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको हो। विद्यार्थी राजनीतिमा सक्रिय भट्टराई हाल त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक हुन्।

नेकपा कास्की जिल्ला कमिटीले विद्या भट्टराई एक जनाको नाम मात्र उम्मेदवारका लागि सिफारिस गरेको थियो भने गण्डकी प्रदेश कमिटीले उनीसहित सोमनाथ अधिकारी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो।

भट्टराई आफैंले भने पार्टीले जे निर्णय गर्छ त्यसैअनुसार अगाडि बढ्ने भन्दै उम्मेदवारीमा आफ्नो दाबी सार्वजनिक गरेकी थिइनन्।

बालुवाटरमा बिहान ११ बजेदेखि करिब तीन घण्टा चलेको बैठकले उपचुनावमा पार्टीको रणनीतिसहित सम्भावित उम्मेदवारहरूबारे छलफल गरेको थियो।

‘कास्की २ मा विद्या भट्टराईलाई उठाउने भन्ने भएको छ, अरु ठाउँका उम्मेदवार भोलीसम्म टुंगो लाग्नेछ’, सचिवालयका ती सदस्यले भने।

ताजा अपडेट

खोजी गर्नुहोस