कार्तिक १९, कास्की । आउँदाे मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपचुनावमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
समाजवादी पार्टीले मंगलबार आयोजना गरेकाे पत्रकार सम्मेलनमा गुरुङलाई उम्मेदवार बनाउन घाेषणा गरेकाे हाे ।
समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक गिरिप्रसाद गुरुङले वैकल्पिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टी संघीयताको जननी भएको उल्लेख गर्दै देशको परिवर्तनका लागि योग्य उम्मेदवा्र उठाएको दाबी गरे ।
उम्मेद्वार गुरुङले पहिचानको सम्मान, संघीयताको कार्यान्वयन तथा देशमा सुशासन र समृद्धिसँगै नेपाली राजनीतिलाई मार्गदर्शन गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
चुनावी प्रचारप्रसारका लागि ५०१ जनाको समिति बनाएको चुनाव प्रचारप्रसार समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए ।