मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २५, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

फागुन २५,काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । केन्द्रमा समीकरण फेरबदल भएर कांग्रेस सरकारबाट बाहिरिइसक्दा पनि मधेश प्रदेश सरकारबाट बाहिरिने छनक नदेखाएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि मुख्यमन्त्री यादवले केन्द्रीय समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टीका प्रवक्ता एवम् प्रदेश सांसद मनिष सुमनले नयाँ समीकरणमा आवद्ध दलहरूसँग भएको सहमति बमोजिम मधेश प्रदेश सरकार पुनर्गठन गर्न लागिएको जानकारी दिए ।

उनले प्रदेश सरकार १÷२ दिनमा पुनर्गठन गर्न लागिएको जानकारी दिए । प्रवक्ता सुमनले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘अहिले केन्द्रसँगै मधेश प्रदेशको राजनीतिक समीकरण पनि परिवर्तन भएको छ, त्यसकारण त्यही बमोजिम अब नयाँ मन्त्रीमण्डल विस्तार गर्ने सत्तारुढ दलहरूबिच सहमति भएको छ । सोही बमोजिम प्रदेश सरकारले २ दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेको छ ।’

‘अब हुने मन्त्रिपरिषद् पुनर्गठनसँगै कांग्रेस बाहिरिन्छ, उसको ठाउँमा एमाले प्रवेश गर्छ,’उनले भने । उनका अनुसार मुख्यमन्त्रीले १÷२ दिनमै प्रदेश सरकारलाई पुनर्गठनको पत्र लेख्ने तयारी गरिरहेका छन् ।

मुख्यमन्त्री यादवको नेतृत्वमै मन्त्रीमण्डल पुनर्गठन हुने प्रवक्ता सुमनले बताए । नयाँ मन्त्रीमण्डलमा एमालेसहित जसपा, माओवादी र नेकपा एस समेटिने उनले बताए । मुख्यमन्त्री सरोज यादवले भने चाँडै सरकार पुनर्गठन गर्ने संकेत दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस