नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २८, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर २८, विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।

समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

गाडीमा ४० जना यात्रु रहेको बताइएको छ। गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस