प्रदीपले भने: ‘पैतालामा लाठीले हानेपछि अपराध स्वीकार गरेको हुँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला बन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा रिहा गरिएको हो ।

छुटेपछि रावलले आफूलाई प्रहरीले यातना दिएको बताएका छन् । सीआईबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरेको हो भनेर बयान दिएको उनले बताए ।

‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हो । त्यसपछि कुट्न छाडे ।’

आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थापा नभएको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस