छुवाछूत अन्त्यका लागि दुई युवा लामो पैदलयात्रामा

Post Thumbnail

चैत ४, कञ्चनपुर । जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तबाट ‘नेपाल पैदलयात्रा २०७५’ शुरु गरेका छन्।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला र खादा ओढाइ ब्यानरमा हस्ताक्षर गरेर यात्रा शुभारम्भ गरेका छन्।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जातीय छुवाछूत अन्त्यका लागि पैदल यात्रामा सहभागी दुवैलाई स्वागत गर्दै व्यावहारिक रुपमा जातीय छुवाछूत अन्त्यका लागि आफूहरू पनि प्रतिबद्ध रहेको बताए।

यात्रामा सहभागी हुने आचार्य र दर्नाललाई बाजा गाजासहित भीमदत्त नगर परिक्रममा गराइएको थियो। त्यसक्रममा बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले उनीहरुलाई स्वागत गरेका थिए।

सामाजिक न्यायका लागि पश्चिमको कञ्चनपुरबाट शुरु गरिएको पैदलयात्रा ४५ दिनसम्म चल्नेछ। एक हजार ३२१ किलोमिटर पैदलयात्रा गरी गाउँगाउँमा पुगेर विभेदबारे सचेतना फैलाउने र विभेद गरिनाको कारणबारे स्थानीय बासिन्दासँग छलफल गरिने बताइएको छ।

पदयात्राको क्रममा सामान्य नागरिकदेखि, गाउँपालिका प्रमुख, प्रशासन विद्यालय, सार्वजनिक ठाउँमा पुगेर जातीय उत्पीडनमा परेकाको कथा सुन्दै जनचेतना जगाइने पैदलयात्रीद्वयले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस