युरापेली संसद्को मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा विवाद

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ जेष्ठ १६, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १६, काठमाडौँ । युरोपेली संसद्का लागि भएको निर्वाचनपछि मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद देखिएको छ ।

युरोपेली संसद्मा ठूला मानिएका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी समूहले आफ्नो बहुमत गुमाएपछि कसलाई मुख्य भूमिका दिने भन्नेमा विवाद देखिएको छ ।

निर्वाचनपछि उदारवादी, राष्ट्रवादी र हरित पार्टीहरूप्रतिको जनसमर्थन बढेको छ ।

ब्रसेल्समा भएको युरोपेली नेताहरूको बैठकमा फ्रान्स र जर्मनीका नेताहरूको छुट्टाछुट्टै प्रतिक्रिया आएपछि नेतृत्व चयनमा समस्या देखिएको हो ।

जर्मन चान्सलर एङ्गेला मर्केलले मध्य दक्षिणपन्थी उम्मेदवार मानफ्रेड वेबरलाई युरोपेली आयोगको नयाँ अध्यक्ष बनाउन चाहेकी छन् ।

तर फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले भने वेबरलाई सम्भावित तीन उम्मेदवारमा समेत उनको नाम उल्लेख गरेका छैनन् ।

मर्केलले वेबरको समर्थन गर्नुअघि माक्रोंले आफूले पक्ष लिएका उम्मेदवारको नाम नलिए पनि सिर्जनशील र योग्य मानिस चाहिएको बताएकी थिइन ।

पछिल्लो चुनावले युरोपेली संघलाई थप विभाजित देखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस