भारतको उत्तर प्रदेशमा भीषण हावाहुरी र चट्याङ, १९ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ जेष्ठ २४, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् ।

उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए ।

उनले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी दिए ।

आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ ।

स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार दिने घोषणा गरेको छ । आँधीबाट ठूलो संख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन् । आँधी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । रासस/सिन्ह्वा

ताजा अपडेट

खोजी गर्नुहोस