पाकिस्तानबाट बिवाह गरेर चीन लगेर यौन पेशामा लाउने प्रमाण फेला

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ अषाढ ४, बुधबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । मानव तस्करी हुने मुलुकको रुपमा पछिल्लो समय चीन नयाँ देशका रुपमा आएको छ। पाकिस्तान, भियतनाम, लाओस, कम्बोडिया जस्ता देशहरुमा कमजोर आर्थिक स्थिती रहेका महिलाहरु प्रलोभनमा परि बेचिने गरेको बिबिसीले जनाएको छ।

पाकिस्तानबाट बिवाह गरेर चीन लगेर यौन पेशामा लाउने प्रमाण फेला परेपछि संसारको ध्यान तानेको छ। पाकिस्तानमा क्रिश्चियन धर्मावलम्बीहरु थोरै मत्रामा छन् र धेरै कमजोर आर्थिक स्थितिका रहेकाले त्यहाँ चिनियाहरु आएर बिवाहा गर्ने र चीन लिएर जाने क्रम बढेको समाचार बिबिसीले लेखेको छ।

नेपालको सजगता आवश्यक

नेपालमा चिनियाँ ब्यवसायी एवं पर्यटकको संख्या बढ्दो क्रममा रहेको छ। नेपाल सरकार पनि चिनियाँ लगानी आकर्षित गर्न प्रयास गरिरहेको अवस्था छ । चीन आफैमा विश्व महाशक्ति हुने लक्ष्यका साथ अघि बढिरहेको राष्ट्र हो।

चीनको द्रुत आर्थिक बृद्धीले बिश्वलाई आकर्षित गरेको छ। नेपालमा पनि चीनले आफ्नो प्रभाव बढाउने क्रम जारी रहेको छ। यसरी चीनको प्रभाव बढ्दै जाँदा राम्रा र नराम्रा दुवै किसिमका प्रवृतीहरु भित्रिने निश्चित रहेको छ।

नेपालबाट महिलाहरु तस्करी भएर बिभिन्न देश लगिने गरेको तथ्य नेपालसँग रहेको छ। यसैक्रममा नेपालबाट थप अर्को गन्तब्य नथपियोस् भनेर नेपाल सजग हुनु पर्ने हुन्छ । बेलैमा सजग भएमा पछि अनेक दुख ब्योहोर्नु नपर्ने हुनसक्छ ।

धनी चीनका मानव तस्करहरु गरिब देशहरु पसेर कमजोर आर्थिक स्थिती रहेका परिवारका महिलाहरुलाई प्रलोभनमा पारी यौन पेशामा संलग्न गराउने गरेको तथ्यसँगै नेपाल पनि सजग हुनुपर्ने देखिन्छ। आफ्ना नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकोले पनि सरकार र यसका निकाय बढी सजग र सतर्क हुनुपर्ने हुन जान्छ।

चिनियाँ दलालको चक्करमा पाकिस्तानी महिला

चिनियाँ क्रिस्चियन पुरुष र पाकिस्तानी क्रिस्चियन महिलाको बीचमा ६ महीनाअघि पाकिस्तानी पूर्वी सहर फैसलावादमा विवाह भएको थियो । विवाहको क्रममा दुवैले सबै प्रतिबद्धता पूरा गर्ने वाचा गरेका थिए ।

त्यतिबेला केटी १९ वर्षकी थिइन् भने केटा २१ वर्षका थिए । केटीले ब्यूटिशियनको तालिम लिएकी थिइन् । केटा पनि कस्मेटिक्स सामग्रीको व्यापार गर्ने व्यावसायी थिए । कटीको परिवारसँग धेरै सम्पत्ति थिएन यस्तोमा केटा पक्षले विवाहको सम्पूर्ण खर्च बेहोर्ने जिम्मेवारी लियो । यो विवाह पूर्णरुपमा पाकिस्तानी संस्कृतिअनुसार भएको थियो । यसबाट केटी पक्षका अभिभावक सन्तुष्ट थिए । उनीहरु नयाँ चिनियाँ ज्वाइँले पनि आफ्नो संस्कृतिको सम्मान गरेकोमा दङ्ग थिए । यो एक आधिकारिक प्रस्ताव थियो । र अन्त्यमा बेहुलीको घरमा जन्ती पनि आइपुगे । त्यससँगै दुवैले एकअर्काको वाचालाई स्वीकार गर्ने बताए ।

बेहुली आफ्ना पतिसँग विवाहपछि चीन गइन् र नयाँ जीवन शुरु गरिन् । तर, विवाहको केही महीनाभित्रै उक्त महिलाले आफ्नो पहिचान लुकाउन सोफिया नाम बताउनुपर्ने अवस्था आयो । यसै क्रममा महिला चीनबाट भागेर आफ्नो माइती पुग्न सफल भइन् बिबिसीमा समाचार छ।

यससँगै पाकिस्तानी महिलाले पाकिस्तानबाट चीनमा हुने मानव बेचबिखनको खुलासा गरेकी छिन् । पाकिस्तानबाट विवाह गरी चीन पुर्‍याइएका महिलाहरुलाई त्यहाँ यौन पेशामा लगाइन्छ । पाकिस्तानका मानवअधिकारकर्मी सलीम इक्वालका अनुसार पछिल्लो एक वर्षमा पाकिस्तानका ७ सयभन्दा बढी युवतीले चिनियाँ युवकसँग विवाह गरेका छन् । जसमा अधिकांश क्रिस्चियन छन् ।

धेरै महिलाको अवस्था के छ भन्नेबारे केही थाहा छैन तर उनीहरु लाई यौन पेशामा जबर्जस्ती लगाएको हुनसक्ने जोखिम उच्च रहेको बताइएको छ । पछिल्लो केही साता एक दर्जनभन्दा बढी चिनियाँ र पाकिस्तानी नक्कली विवाहको आरोपमा पक्राउ परेका थिए । जसमा कम्तीमा एक जना क्याथोलिक पूजारी पनि थिए ।

पाकिस्तानी गुप्तचर संस्था (एफआईए)का अनुसार चिनियाँ आपराधिक गिरोह नै पाकिस्तानबाट यौनधन्दाको लागि मानव ओसारपसारमा संलग्न रहेको बताएको छ । एफआईएका अनुसार पाकिस्तानी महिलालाई चीनमा १२ देखि २५ हजार डलरमा बिक्री गरिने गरिएको छ ।

पाकिस्तानमा इशाई धर्मावलम्बी निकै कम संख्यामा छन् र गरिबीको सामना गरिरहेका छन् । यस्तोमा तस्करहरुले उनीहरुलाई लक्षित गर्ने गरेका छन् । चीनले भने पाकिस्तानी महिला वेश्यावृत्तिका लागि बाध्य बनाइने गरेको आरोपको खण्डन गरेको छ । केही मिडियाले वास्तविकता नबुझी हल्ला फिँजाएको चीनको आरोप छ । तर, चीनले पाकिस्तानबाट विवाह विवाह गरेर चीन जाने पाकिस्तानी महिलाको संख्या भने यस वर्ष बढेको छ ।

यस वर्षमात्र १ सय ४० जनाले यस्तो निवेदन दिएका छन् । यो संख्या अघिल्लो वर्षको समग्र संख्याको हाराहारीमा छ । पाकिस्तानमा रहेको चिनियाँ दूतावासले कम्तीमा ९० जनाको निवेदन खारेज गरिएको बताएको छ ।

असन्तुलित समाज

पछिल्लो समय पाकिस्तानमा चिनियाँ प्रभाव बढेसँगै विवाह गरेर मानव ओसारपसार बढेको पाइएको हो । पछिल्लो केही वर्षयता हजारौंको संख्यामा चिनियाँ पाकिस्तानमा प्रवेश गरेका छन् । चीनले अर्बौं डलरको लगानी चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपेक)मा गरेको छ । यो बन्दरगाह, सडक, रेलमार्ग र ऊर्जा आयोजना निर्माणको योजना हो । यसकारण दुई मुलुकका नागरिकका लागि भिसामा केही सहज भएको छ । यस्तोमा केही चिनियाँ विवाह गर्नका लागि नै भनेर पाकिस्तान आउने गरेका छन् ।

चीनको एक सन्तान नीतिको कारण अहिले चीनको समाज असन्तुलित बनेको छ । चीनमा पुरुषको संख्या अत्यधिक रहेको छ भने महिलाको संख्या निकै कम छ । त्यसैले धेरै युवकले मुलुकमा जीवनसाथी पाउन सकेका छैनन् । यो समस्याको कारण केही वर्षयता गरिब एसियाली मुलुकहरु भियतनाम, म्यानमार र कम्बोडियालगायतबाट मानव ओसारपासार हुँदै आएको छ ।

पाकिस्तानमा विवाहपछि उनीहरु केही समय लाहोर तथा अन्य सहरमा शंका गरिएका मानव तस्करले भाडामा लिएका भवनमा बस्ने गरेका छन् । लाहोर मुख्य सहर सोफिया यो विवाह केही असहज महशुस भइरहेको थियो । विवाहको आधिकारिक प्रस्तावअघि नै उनको मेडिकल परीक्षण गरिएको थियो र दलालले उनीहरुको विवाह निकै छोटो समयमा तय गरेका थिए ।

उनका अनुसार परिवार पनि यस किसिमको व्यवहार बाट सन्तुष्ट थिएनन् तर सबै खर्च उनीहरुले नै बेहोर्ने भएपछि परिवारले पनि स्वीकृति दिएका थिए । त्यसको एक सातापछि उनले लाहोरमा बसेकी थिइन् । त्यहाँ उनले अन्य नवजोडीहरु पनि भ्रमणको लागि कागजात बनाउँदै थिए ।

पाकिस्तानी महिलाले चिनियाँ सिक्नका लागि त्यो समयमा अत्यधिक समय खर्च गर्ने गरेका थिए । यस्तोमा उनले आफ्ना पति क्रिस्चियन नभएको चाल पाइन् । साथै उनका पतिलाई उनीप्रति खासै रुचि पनि थिएन । उनीहरुको बीचमा भाषाको समस्याको कारण खासै कुराकानी हुँदैनथ्यो तर सधैं उनले यौनसम्पर्कको प्रस्ताव गर्ने गरेका थिए ।

त्यसपछि उनले विवाहको लागि चीन पुगेकी आफ्नी साथीको सहयोगमा चीन छाड्ने निर्णय गरिने । साफियालाई उनका पतिका साथीहरुको यौन चाहना पूरा गर्ने माध्यम बनाइएको थियो । सोफियाले दलालसँगको सम्बन्ध तोड्ने निर्णय गरेपछि ऊ साह्रै रिसाएको थियो । उनले उनका परिवारलाई विवाहको सबै पैसा फिर्ता गर्न चेतावनी दिएको थियो । साथै उनले पास्चरलाई विवाहको लागि दिएको सबै रकम फिर्ताको लागि माग गरेको थियो ।तर, सोफियाको परिवारले अस्वीकार गरेको थियो ।

यो घटनामा पाकिस्तानका मुस्लिम पनि पीडित रहेको अधिकारीहरुले बताएका छन् । केही मात्र अपराधी त्यस्तै यौन शोषणका लागि विवाह गरी चीन पुर्‍याइएकी मीना (नाम परिवर्तन)लाई पनि गत मे महिनामा पाकिस्तानी राजदूतावासको आग्रहमा चीनबाट उद्धार गरिएको थियो ।

त्यसका साथै चीन पुर्‍याइएका महिलाको शरीरको अंगको पनि व्यापार हुनसक्ने भन्दै मावनअधिकारवादीले चिन्ता व्यक्त गरेका छन् । चीनले यस किसिमको अभ्यास हुने गरेको कुराको अस्वीकार गर्दै आएको छ ।

पाकिस्तानमा रहेको चिनियाँ दूतावासले भने चीनमा वेश्यावृत्तिका लागि विवाह गरी लैजाने चलन रहेको समाचारको खण्डन गरेको छ । दस्तावासले कुनै घटनामा यस्तो भएको पाइएको विषयमा अहिले दुवै मुलुकका अधिकारीले अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । साथै केही अपराधी रहेको र उनीहरुलाई कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।

यसैगरि नेपालले पनि आफ्ना नागरिकको सुरक्षा हेतु समयमै कदम चाल्नु पर्ने देखिन्छ । चीनसँगको नेपालको बढ्दो सम्बन्धमा नकरात्मक तत्वहरु पहिचानगरि पन्छाउन नै नेपालको हितमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस