दुनियाँका सबैभन्दा शक्तिशाली नेता मोदी ! ट्रम्प तेस्रो नम्बरमा किन ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ अषाढ ६, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुनियाँका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । बेलायतको ब्रिटिश हेराल्डको एक सर्वेक्षणमा पाठकहरुको भोटको आधारमा तयार पारेको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ । उनी रूसी राष्ट्रपति पुटिन, चिनियाँ राष्‍ट्रपति शी जिनपिङ्ग समेत दिग्गज नेताहरु जितेर सबैभन्दा शक्तिशाली बन्न भएका हुन्।

यस पोलमा ट्रम्प तेस्रो नम्बरमा छन्। यस पोलमा पीएम मोदीलाई सबैभन्दा धेरै ३०.९ प्रतिशत भोट प्राप्त भएको छ। उनको भोट पुटिन, ट्रम्प र जिनपिङ्ग भन्दा धेरै अघि छ । यस पोलमा भ्लादिमिर पुटिन २९‍.९ प्रतिशत भोटका साथ दोस्रो नम्बरमा छन् । त्यस्तै, डोनाल्ड ट्रम्पलाई २१.९ प्रतिशत र चीनको राष्ट्रपति शी जिनपिङ्ग १८.१ प्रतिशत मानिसले भोट दिएका थिए।

उल्लेखनीय यो छ कि ब्रिटिश हेराल्डका रिडर्सलाई भोट गर्नको लागि निश्चित एक समय दिइएको थियो । त्यो समयमा कुनैपनि व्यक्तिले एक पटक भन्दा धेरै मत दिन नपाउने व्यवस्था समेत गरिएको थियो । यसैगरी चुनिने शक्तिशाली नेताहरुमा यसअघि पुटिन सबैभन्दा शक्तिशाली नेताको रुपमा चुनिएका थिए ।

त्यो स्थान यसपटक मोदीले हात पारेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर ब्रिटिश हेराल्ड म्यागाजिनको जुलाई संस्करणको कभर पेजमा समेत प्रकाशित हुने भएको छ । यो इडिशन १५ जुलाईमा रिलिज हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस