राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ६७ पटक पढिएको
राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन !

बैशाख २८, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ बन्नका लागि डेढ दर्जन बढीको आवेदन परेको छ ।

बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका हुन् ।

बैंकको सिइओ पदका लागि पहिलो आवेदन रामदेव यादवले दिएका छन् । उनले बैशाख २३ गते आइतबार सिइओका लागि आवेदन दिएका हुन् । हिजो अर्थात् बैशाख २६ गते बुधवार तीन जना अगम मुखिया, दुर्गा कुमारी कंडेल, र नरेश राज अर्यालले आवेदन दिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस