वडा प्रहरी कार्यालय विर्ताद्वारा वीरगंजबाट भन्सार छलीका सामग्री बरामद

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ जेष्ठ ७, सोमबार (१ साल अघि)
  • १०२ पटक पढिएको
वडा प्रहरी कार्यालय विर्ताद्वारा वीरगंजबाट भन्सार छलीका सामग्री बरामद

दिपू वर्णवाल

जेठ ७, वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले वीरगंजबाट भन्सार छलीका सामग्री बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरीको गस्ति टोलीले १० लाख ५० हजार मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेका वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।

प्रहरी निरीक्षक बोगटीकाअनुसार भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा कपडा, प्याज, मोवाइलको कभर, मोवाइलको टेम्पर ग्लास, सिपियु लगायतका सामग्री बरामद गरिएको हो ।

बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक बोगटीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस