जेठ २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार ओरालो लागेको छ । यसअघि अघिल्ला तीन कारोबार दिन पनि नेप्से घतेको थियो । आज कारोबार रकम भने बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार आज बजार ११.०६ अंक घटेर नेप्से परिसूचक २६२९.८९ विन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इण्डेक्स २.०५ अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ ।
आज आज ३१३ धितोपत्रका १ करोड ९९ लाख ९२ हजार १९१ कित्ता शेयर ८६ हजार ६३६ पटकमा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । गत बिहीबार ७ अर्ब ९७ करोड बराबरको कारोबार भएको थियो ।
आज नेप्सेका १३ उपसमुहमध्ये दुई वटा उपसमुह मात्रै बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर सेक्टर १.२२ प्रतिशत बढेको छ भने अर्को होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढेको छ । यस बाहेक अन्य सबै उपसूचक घटेको छ ।
घटेको बजारमा रिभर फल्स पावर र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै चिलिमे हाइड्रोपावरको ८.०१, छ्याङ्दी हाइड्रोपावरको ८.०१, हिमालयन पावर पार्टनरको ७.९५ प्रतिशतले मूल्य बढेको छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्यमा १० प्रतिशतको गिरावट आएको छ । यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको ९.८, समाज लघुवित्तको ८.३ तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ६.८० प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनीको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । युनिभर्सल पावर कम्पनीको ६२ करोड र ङादी ग्रुप पावरको साढे ६१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । क्रमश बुटवल पावर कम्पनी र सानिमा माइ हाइड्रोपावर पनि कारोबारमा अगाडि रहेको छ ।