जेठ २५, वीरगञ्ज । वीरगञ्जको लिंक रोडस्थित न्यु नारायणी इन्टरप्राइजेजद्वारा सञ्चालित ‘काजारीया टायल्स तथा पेरीवेर सेन्टरी’ शोरुमको भव्य उद्घाटन समारोह आइतबार सम्पन्न भएको छ । उद्घाटन समारोहमा शस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी राधेश्याम धिमाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र विशिष्ट अतिथिका रूपमा नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई उपस्थित थिए । साथै, कार्यक्रममा स्थानीय उद्योगपति, व्यापारी, राजनीतिककर्मी, पत्रकार, संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि धिमालले वीरगञ्जजस्तो आर्थिक केन्द्रमा यस्तो स्तरीय शोरुमको स्थापना हुनु सकारात्मक संकेत भएको बताउँदै यसले स्थानीय रोजगारी, शहरी सौन्दर्य र पूर्वाधार विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
न्यु नारायणी इन्टरप्राइजेजका संचालक तथा युवा उद्यमी राज सर्राफले शोरुमबारे जानकारी दिँदै भने, “हामीले सेवा छोटो परिमाणमा सुरु गरे पनि ग्राहकको विश्वासले आज आधुनिक शोरुम स्थापना गर्न सफल भएका छौं ।”
उनका अनुसार शोरुम काजारीया ब्राण्डका प्रिमियम टायल्स र पेरीवेर ब्राण्डका सेनिटरी सामग्रीहरू उपलब्ध छन् । शोरुममा १०० भन्दा बढी डिजाइनका टायल्स, भान्सा, बाथरुम, लिभिङ रुम, अफिस तथा व्यवसायिक प्रयोजनका लागि उपयुक्त विविध साइज र डिजाइनमा उपलब्ध छन् । सर्राफले मध्यम वर्गदेखि उच्च वर्गसम्म लक्षित गरी बजेटअनुसारका विकल्पहरू उपलब्ध गराइएको जानकारी दिए ।
राज सर्राफले ग्राहकहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा झनै स्तरीय सेवा दिने, डिजिटल सेवा विस्तार गर्ने, अफर तथा छुट योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
वीरगञ्ज जस्तो तीव्र गतिमा विस्तार भइरहेको सहरमा स्तरीय टायल्स तथा सेनिटरी शोरुमको स्थापनाले निर्माणसम्बन्धी सेवामा सुविधा र सहजता ल्याउने अपेक्षा गरिएको छ ।