नागढुंगा–नौबिसे सडकखण्ड १६ दिन बन्द हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ६, मंगलबार (६ घण्टा अघि)
  • ९४ पटक पढिएको
नागढुंगा–नौबिसे सडकखण्ड १६ दिन बन्द हुने

जेठ ६, काठमााडौं । काठमाडौँ प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे खण्ड जेठ १० गतेदेखि आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले मंगलबार सूचना प्रकाशित गरी सडक बन्द हुनेबारे जानकारी गराएको हो ।

नागढुंगा–नौबिसे खण्डको नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा जेठ १० गतेदेखि २५ सम्म बिहान १०ः३० बजेदेखि दिनको ३ बजेसम्म सवारीसाधनहरू रोकी निर्माण कार्य गरिने सूचनामा उल्लेख छ ।

उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिनेछन् । दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध चल्नेछन् ।

साथै साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरू सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस