‘ट्राफिक सप्ताह’मा ट्राफिक नियमको जानकारीसँगै नागरिकको नि:शुल्क आँखा जाँच

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २५, आईतबार (५ घण्टा अघि)
  • ९७ पटक पढिएको
‘ट्राफिक सप्ताह’मा ट्राफिक नियमको जानकारीसँगै नागरिकको नि:शुल्क आँखा जाँच

जेठ २५, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह २०८२ अन्तर्गत चौथो दिन आइतबार वीरगञ्जमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन् ।

ट्राफिक सप्ताह विभिन्न सचेतनामूलक गतिविधिहरू आयोजना गरी नागरिकहरूलाई ट्राफिक नियमबारे जानकारी प्रदान गरिएको छ । कार्यक्रम अन्तर्गत नि:शुल्क आँखा जाँच सिविर, ट्राफिक सचेतना पर्चा वितरण, स्टिकर टाँस्ने, तथा व्यावहारिक ज्ञान प्रदान गर्ने क्रियाकलापहरू सञ्चालन गरिको थियो ।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए । उनले नागरिकको सक्रिय सहभागिताबिना सुरक्षित यातायात सम्भव नभएको उल्लेख गर्दै, “ट्राफिक सप्ताहलाई हामी सचेतनाको अभियानका रूपमा लिएका छौं,” भने ।

वीरगञ्जको नयाँ बसपार्क क्षेत्रमा सम्पन्न आँखा जाँच सिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । चालक, सहचालक र अन्य सवारीसम्बन्धी कर्मचारीहरूको लागि सञ्चालन गरिएको सिविरमा १०७ जनाले आँखा परीक्षण गराएका थिए ।

यसका साथै, साउथजोन मावि र एन्जल वर्ल्ड स्कूलका विद्यार्थीहरूलाई विभिन्न व्यस्त चोकहरूमा खटाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न यात्रुहरूलाई प्रेरित गर्ने कार्य गराइएको थियो । उनीहरूले सचेतनामूलक पर्चा वितरण गर्नुका साथै ट्राफिक शिष्टाचारबारे जानकारी पनि दिएका थिए ।

ट्राफिक सप्ताह कार्यक्रमले नागरिकमा ट्राफिक नियम प्रतिको चेतना वृद्धि गर्न मद्दत गर्ने विश्वास लिइएको छ । सप्ताहको बाँकी दिनहरूमा पनि विभिन्न स्थानहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईं, ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, श्रीपुर प्रहरी चौकी प्रमुख, समाजसेवी दिलीप कार्की, वडा नं. ४ का अध्यक्ष जगत साह कानु, प्रभु अस्पतालका कर्मचारीहरू, तथा पत्रकार अभिलाष गुप्ता र दीपक चौरसियाको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस