जेठ २५, पोखरा । ‘रत्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नाराका साथ पहिलो पाइला नेपाल पोखरा शाखाले रत्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक अभियान अन्तर्गत संस्थाका अध्यक्ष केनुका थापाको अध्यक्षतामा पोखरा महेन्द्रपुलमा कार्यक्रम सम्पन्न गरेको हो ।
मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग सम्पन्न रत्तदान कार्यक्रममा ३९ युनिट रगत सकलन भएको छ । संस्थाले विभिन्न अस्पतालमा रगतको आवश्यकता परेकाहरुलाई सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।
उत्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पोखरा महानगर वडा न. १५ का वडा अध्यक्ष तोरण बानिया तथा विशेष अतिथिमा नगर युवा परिषद उपाध्यक्ष सन्तोष न्यौपाने, मुक्तिनाथ विकास बैंकका प्रतिनिधि रसिक भन्डारि , पहिलो पाईला नेपाल कास्किका पुर्व अध्यक्ष सन्दिप सापकोटा, रन्जित दनाई लगायतका अथितिहरु उपस्थित थियो ।