गण्डकीले ल्यायो नीति तथा कार्यक्रम, के–के छ प्राथामिकतामा ?

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २१, बुधबार (१ दिन अघि)
  • ९५ पटक पढिएको
गण्डकीले ल्यायो नीति तथा कार्यक्रम, के–के छ प्राथामिकतामा ?

जेठ २१,काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लिराज भट्टले बुधबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔं तथा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै, गण्डकी प्रदेशको पर्यटन विकास र प्रवद्र्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश अभियानलाई निरन्तरता, नसर्ने रोगको स्क्रिनिङ र उपचारको व्यवस्था, सिक्दै कमाउँदै, कमाउँदै रमाउँदै, ठूला अगुवा, आवासीय विद्यालय कार्यक्रमको प्रभावकारीता बढाउने लगायतका कार्यक्रम तय गरिएको छ ।

Niti-Tatha-Karyakram-Book

ताजा अपडेट

खोजी गर्नुहोस