जनतालाई ऋण बोकाएर घ्यु भात खानेलाई टुँडिखेलमा उभ्याउनुपर्छ : प्रेम सुवाल

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)
  • ७६ पटक पढिएको
जनतालाई ऋण बोकाएर घ्यु भात खानेलाई टुँडिखेलमा उभ्याउनुपर्छ : प्रेम सुवाल

जेठ २२, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताए ।

‘सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने,’ सुवालले भने, ‘विदेशीसँग र नेपालीसँगको सार्वजनिक ऋण २७ खर्ब पुग्यो । यसरी नेपालीलाई ऋण बोकाएर घ्यु भात खाने कोको हुन् ? सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ ।’

सांसद सुवालले सबै ठूला भ्रष्टाचारका प्रकरणहरूमा जोडिएकालाई नाङ्गेझार बनाउनुपर्ने बताए । ‘गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भुटानी शरणार्थी, जहाँ–जहाँ जसले पैसा खाएको छ नेपाली जनताले अब यसरी नै नाङ्घेझार बनाउनु पर्छ। भ्रष्टाचार जहाँ निर्णय भए पनि कारबाही हुनुपर्छ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस