वैदेशिक रोजगारमा ठगिएका बैठाको पैसा विभागले फिर्ता गरायो, २ कम्पनीमा छापा

वैदेशिक रोजगारमा ठगिएका बैठाको पैसा विभागले फिर्ता गरायो, २ कम्पनीमा छापा

बैशाख २९,काठमाडौँ । बैदेशिक रोजगार विभागले यूरो अमेरिका सपोर्ट एण्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.मा छापा मारेको छ ।

विरगञ्जका राजन कुमार बैठालाई कामदार भिषामा यूरोप लैजान्छु भनी पैसा ठगेको आरोप लागेपछि विभागले कन्सल्ट सर्भिस प्रा.लि.मा छापा मारेको वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्र पौडेलले अनलाइन केन्द्रलाई जानकारी दिए ।

यूरो अमेरिका सपोर्ट एण्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.बाट बैठाको १ लाख ९ हजार रुपैयाँ पैसा विभागले असुल गरी फिर्ता गराएको छ । विभागको सक्रियताबाट आफुले पैसा फिर्ता पाएको भन्दै पिडित बैठा खुसी भएका छन् । उनले विभागलाई धन्यवाद दिए ।

यता वैदेशिक रोजगार ठगीको आरोपमा क्यारियर टेक ग्रोथ कन्सल्टेन्सीमा पनि विभागले छापा मारको छ । छापा मार्दा कन्सल्टेन्सीबाट ३२ थान चेक, विभिन्न पाँचवटा बैँकको चेकबुक साथै वैदेशिक रोजगार ठगीको शंकास्पद कागजात समेत विभागले जफत गरेको छ ।

विभागले कन्सल्टेन्सीको सञ्चालक सत्य नारायण साफीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको छ ।

वैदेशिक रोजगार विभागमा पछिल्लो समय ठगीको घटनाहरु लिएर आउने पिडितको संख्या बढिरहेको विभागका निर्देशक पौडेलले बताए । उनले विभाग नागरिकलाई दुख दिने जुनसुकै कम्पनीमाथी निर्मम भएर प्रस्तुत हुने बताए ।

पछिल्लो समय नयाँ महानिर्देशक कमल प्रसाद भट्टराई आएपछि वैदेशिक रोजगारी सम्बन्धी समस्याको समाधान, राहत, उद्धार, अनुगमन, श्रम स्वीकृति, वैदेशिक रोजगार ठगी, विद्युतीय सुशासन एवम् थुप्रै आन्तरिक सुधारका कामहरू भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस