शेयर बजार दोहोरो अकंले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २८, आईतबार (१८ घण्टा अघि)
  • ५१ पटक पढिएको
शेयर बजार दोहोरो अकंले घट्यो

वैशाख २८, काठमाडौं । साताको पहिलो कारोबारको पहिलो दिन आज आइतबार शेयर बजार दोहोरो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५३ अङ्कले घटेर २ हजार ६५०.११ को बिन्दुमा ओर्लिएको छ ।

आज तीन सय धितोपत्रका २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ रुपैँया बराबरको कारोबार भएको छ ।

आज नेप्सेका १३ उपसमुहमध्ये ५ उपसमूह मात्र बढेका छन् भने अन्य उपसमूह घटेको छ । आज विकास बैंक समूह १.२७, होटल तथा पर्यटन ६.५०, जीवन बिमा ०.३१, निर्जीवन बिमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढेको छ ।

यस्तै बैंकिङ ०.५१, वित्त ३.७२, जलविद्युत् १.२६, लगानी १.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.०९ र म्युचुअल फण्ड ०.२८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

घटेको बजारमा आज दुई घितोपत्रमा समारात्मक सर्किट लागेको छ । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै आज सबैभन्दा बढी गुमाउनेमा सिन्धु विकास बैंक लिमिटेड रहेको छ । नेप्सेका अनुसार उक्त शेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रू ६६ करोड १० लाख ७० हजार रुपैँया बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर खरिद बिक्री भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस