शान्तिनगर गाउँपालिकाले स्थानीयवासीको बिजुलीको बिल तिर्ने तिरिदिने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (६ घण्टा अघि)
  • ७६ पटक पढिएको
शान्तिनगर गाउँपालिकाले स्थानीयवासीको बिजुलीको बिल तिर्ने तिरिदिने

असार ११, दाङ । शान्तिनगर गाउँपालिकाले पालिकावासीको बिजुली बिल तिर्ने भएको छ । पालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकावासीको न्यूनतम बिजुली बिल तिर्ने घोषणा गरेको हो ।

पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको बिजुली बिल पालिकाले तिर्नेछ । अध्यक्ष बस्नेतले गाउँपालिकावासीको मागका आधारमा यो नीति ल्याएका भन्दै यो लुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम भएको बताए ।

‘शान्तिनगरवासीको रहर: उज्यालो शान्तिनगर’ भन्ने अभियानअन्तर्गत उक्त नीति ल्याइएको उनले बताए । शान्तिनगर गाउँपालिकाका सबै ग्राहकको न्यूनतम बिल गाउँपालिकामार्फत नेपाल बिजुली प्राधिकरणमा रकम जम्मा गर्ने व्यवस्था मिलाइने नीतिमा समावेश छ । यसले सबै नागरिकको ऊर्जामा पहुँच पुग्ने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै, पालिकाभित्रका चिकित्सा, डाक्टर, पाइलट अध्ययन गर्ने विद्यार्थीलाई निश्चित मापदण्डका आधारमा प्रोत्साहन रकम दिइनेछ । खेलकुद क्षेत्रमा युवाहरूको आकर्षण बढाउन राष्ट्रिय स्तरमा छनोट हुने खेलाडीलाई प्रोत्साहन रकम दिइने बजेटमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस