बेलकोटगढी नगरपालिकाको बजेट ९७ करोड ६४ लाख

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (६ घण्टा अघि)
  • ८५ पटक पढिएको
बेलकोटगढी नगरपालिकाको बजेट ९७ करोड ६४ लाख

असार ११, नुवाकोट । बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९७ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिका प्रमुख जगतबहादुर लामाको सभाध्यक्षतामा सम्पन्न नगरसभा तथा अधिवेशनमा उपप्रमुख शिवप्रसाद दाहालले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम, बिनियोजन विधेयक, न्यायिक समितिको वार्षिक प्रतिवेदन लगायतका विभिन्न विधेयकहरू पारित गरिएको छ । चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थापनसमेत समेटिएको उक्त बजेटबाट नगरपालिका अन्तर्गतका वडा, विषयगत समिति र शाखाहरूले सेवा प्रवाह र कार्यक्रम सञ्चालन गर्नेछन् ।

बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । विशेषगरी चिम्टेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै ‘चिम्टेश्वर विकास ऐन’ ल्याउने र चिम्टेश्वर विकास समितिलाई वैधानिकता दिने व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा विस्तारको उद्देश्यले वडा नं. ८ र १२ मा प्रसूति सेवा सहितको बर्थिङ सेन्टर स्थापना, बालमैत्री विद्यालय कार्यक्रम, किसानमैत्री कृषि कार्यक्रम, र क्द्यद्यक् चिकित्सक सेवा विस्तारजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

नगरसभाको अवसरमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो ।

नगर प्रमुख जगतबहादुर लामाले भन्नुभयो, ‘समृद्ध र आत्मनिर्भर बेलकोटगढी निर्माणका लागि बजेट व्यावहारिक, समावेशी र दिगो विकासलाई केन्द्रमा राखेर तयार पारिएको हो । स्रोत सीमित भए पनि जनअपेक्षालाई ध्यानमा राखी प्राथमिकताको आधारमा योजना छनोट गरिएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस