अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ११, बुधबार (७ घण्टा अघि)
  • ७५ पटक पढिएको
अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि

असार ११, चितवन । गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ ।

“२५ प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्छ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीले समस्या बढ्छ । जसले उत्पादन घटाउँछ”, उनले भने ।

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । संघले आजदेखि लागु हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४८० र मझौला ४५० रुपैयाँ कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको छ ।

व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो तीन हजार ५४० र मझौला तीन हजार ३३० रुपैयाँमा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताए ।

चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस