थाक्रे गाँउपालिकाको बजेट ९३ करोड १२ लाख

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १०, मंगलबार (६ घण्टा अघि)
  • ७७ पटक पढिएको
थाक्रे गाँउपालिकाको बजेट ९३ करोड १२ लाख

असार १०, धादिङ । थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९३ करोड १२ लाख बढिको बजेट पेस गरेको छ । मँगलबार गाउँसभाको १७ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९३ करोड १२ लाख ४५ हजार रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

जसमा संघिय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १४ करोड ८२ लाख, संघिय राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख, संघिय विशेष अनुदानबाट ८५ लाख र सर्शत अनुदान २३ करोड ५९ लाख गरी जम्मा ४८ करोड ९६ लाख ४८ हजार १ सय ३५ रुपैयाँ प्राप्त भएको छ ।

यता बागमती प्रदेश सरकारबाट प्राप्त वित्तिय अनुदान रकम १ करोड ६२ लाख ३६ हजार, प्रदेश राजस्व बाँडफाँड ३ करोड ५३ लाख ५० हजार १८९ सय, प्रदेश विशेष अनुदानबाट ६५ लाख,प्रदेश समपुरक अनुदानबाट २ करोड २४ लाख र प्रदेश सर्शत अनुदान ३ करोड ९९ लाख ४० हजार गरी जम्मा १२ करोड ४ लाख १६ हजार १८९ रुपैयाँ प्राप्त भएको छ ।

पालिकाले आन्तरिक आयतर्फ ३२ करोड ११ लाख ८० हजार ६७६ रुपैयाँ रहने अनुमान गरेको छ । पालिकाले चालु खर्चतर्फ कुल बजेटको ४९ प्रतिशतले हुन आउने ४५ करोड ६३ लाख १० हजार ५० रुपैँया र पुँजीगततर्फ कुल बजेटको ५१ प्रतिशत हुन आउने ४७ करोड ४९ लाख ३४ हजार ९ सय ५० रुपैँया विनियोजन गरेको छ ।

अधिवेशनमा उपाध्यक्ष यन्त्र बहादुर थापाले प्रस्तुत गरेको बजेटमा आर्थिक विकासतर्फ ११ करोड ९५ लाख ३२ हजार,समाजिक विकासतर्फ ३१ करोड ७६ लाख १४ हजार,पुर्वाधार विकासतर्फ २५ करोड ११ लाख ५२ हजार,कार्यालय तथा प्रशासनतर्फ १८ करोड ७६ लाख ४७ हजार सु्शासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५ करोड ५३ लाख विनियोजन गरिएको छ ।

अधिवेशनमा बजेट प्रस्तुत भएपनि पारित अर्को बैठकमा गरिने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए । बजेट प्रस्तुत हुनु भन्दा अघि गाउँपालिका अध्यक्ष आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थियो । निती तथा कार्यक्रम भने सभामार्फत पारित गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस