असार १०, काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा मंगलबार नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे । तेस्रो ओभरमै औपनर जोए थापा तेस्रो ओभरमा १ रन बनाएर आउट भए ।
जापानका काइसेई डोगेटले १ विकेट लिए ।
मलेसियाको क्वालालम्बपुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो ।
जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । गाबी हाराहिन्जले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका शुभम खनालले ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १/१ विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । लगातार दोस्रो जितपछि दुई खेलमा ४ अंक जोडेर नेपाल समूह ए को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको जापान २ खेलबाट २ अंकसहित दोस्रोमा छ ।
नेपालले अब तेस्रो खेलमा २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ ।
यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।