एसीसी यू–१६: जापानविरुद्ध नेपाल फिल्डिङ गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ १०, मंगलबार (६ घण्टा अघि)
  • ४९ पटक पढिएको
एसीसी यू–१६: जापानविरुद्ध नेपाल फिल्डिङ गर्दै

असार १०, काठमाडौं । एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ । जापानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेसँगै नेपालले फिल्डिङ गर्ने भएको हो ।

प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो भने भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले हराएको थियो ।

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू–१६ टिम खेल्दैछन् ।

प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस