आगामी आर्थिक बर्षको बजेट: ७२ बुँदामा हेर्नुहोस् (सुचीसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १५, बिहिबार (१८ घण्टा अघि)
  • १३७ पटक पढिएको
आगामी आर्थिक बर्षको बजेट: ७२ बुँदामा हेर्नुहोस् (सुचीसहित)

जेठ १५,काठमाडौँ । सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड कुल बजेट ल्याएको छ । जसमा पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) चालु खर्च तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत वितिय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) रहेको छ ।  यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा अघिल्लो वर्ष ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दै छ । ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो ।

खर्च बेहोर्ने स्रोततर्फ राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थ मन्त्री पौडेलले जानकारी दिए ।

बजेटमा समेटिएका मुख्य विषयवस्तु निम्नानुसार छ । 

  • सरकारले आगामी आर्थिक वर्षमा प्रदेश तथा स्थानीय तहका लागि ५ खर्ब ८२ अर्ब ८२ करोड विनियोजन गरेको छ ।
  • फागुनसम्म करिब १० हजार उद्योग दर्ता
  • दर्ता भएका उद्योगमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५ प्रतिशत, २२ प्रतिशत र ६३ प्रतिशत रहेको छ ।
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजना भएको छ ।
  • सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ।
  • स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा ७३ करोड बजेट विनियोज गरिएको छ ।
  • जेन-जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा ।
  • ‘रासायनिक मल ६ लाख मेट्रिक टन पुर्‍याइने। रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड
  • सरकारले वर्षौँपछि विदेशमा लगानीको बाटो खुलायो
  • आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन
  • दुई वर्षभित्र देशलाई चामलमा आत्मनिर्भर बनाइने
  • सरकारले उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गर्ने
  • सञ्चार क्षेत्रको विकास लागि सरकारले छुट्ट्यायो ७ अर्ब ७२ करोड बजेट
  • पर्यटन मन्त्रालयको बजेट ११ प्रतिशत बढ्यो, टीआईएलाई बुटिक एयरपोर्ट बनाइने
  • वन तथा वातावरण मन्त्रालयले पायो १८ अर्ब ६१ करोड बजेट
  • नेपाली नागरिकले विदेशी कम्पनीलाई सेवा उपलब्ध गराए स्वेट सेयर
  • आगामी वर्षभित्र ईयूको ग्रेलिस्टबाट हट्ने सरकारको लक्ष्य
  • लगानी बोर्डमार्फत ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा
  • काठमाडौँमा सूचना प्रविधि पार्क, मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर
  • सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
  • भूमिहीन दलित सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गरिने, पाँच लाखलाई लालपुर्जा
  • जंगलमा फलफूल रोप्न फ्रुट फरेस्ट कार्यक्रम ल्याइने
  • रोजगार पोर्टल सञ्चालन, सबै प्रदेशमा रोजगार मेला
  • सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट
  • आगामी मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादनमा रोक लगाइने
  • विज्ञापनलाई मापदण्डमा आधारित मर्यादित बनाइने
  • दैलेखमा व्यवसायिक रूपमा पेट्रोल उत्पादन गरिने, पाल्पा सुनसरी र दाङमा पनि अन्वेषण गरिने
  • युवा उद्यमशीलता प्रवर्द्धन गर्न तीन प्रतिशत ब्याजमा ऋण
  • सुनचाँदी, तामा, फलाम उत्पादन तालिमका लागि ५० करोड विनियोजन
  • शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन
  • सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल’ सञ्चालन गर्ने
  • सरकारले उडान चाप काम भएका विमानस्थलको वैकल्पिक परियोजना बनाउने
  • विद्यार्थीका लागि हप्तामा २० घण्टा कामको व्यवस्था
  • सेज र औद्योगिक क्षेत्रमा भाडा ७५ प्रतिशतसम्म घट्ने, उद्योगलाई राहत
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड
  • एआईलाई व्यवसायिक प्रयोगमा ल्याइने, सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट
  • शिक्षक बैंकको स्थापना गर्ने घोषणा,विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना
  • खेलकुदमा अहिलेसम्मकै धेरै बजेट, ६ अर्ब ८ करोड विनियोजन
  • कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन
  • प्रत्येक प्रदेशमा जलन उपचार विभाग, वीरमा पनि विस्तार
  • स्थानीय र प्रदेशबाट दोहोरो भत्ता दिन नपाइने
  • एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने, ७३२ किलोमिटर प्रसारण लाइन
  • ऊर्जा मन्त्रालयले पायो ८६ अर्ब १ करोड बजेट
  • बिजुलीको शुल्क समय अनुसार फरक हुने
  • तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने
  • जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गरिने, अब नमुना परीक्षण स्वदेशमै
  • नागढुंगा र सिद्धबाबा सुरुङमार्गलाई २ अर्ब ६० करोड बजेट
  • भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब विनियोजन
  • सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने
  • उद्योग मन्त्रालयलाई सवा १० अर्ब बजेट
  • अब आर्थिक र प्राविधिक रुपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक
  • महिलाको नाममा उद्योग दर्ता वा नवीकरण गर्दा अब शुल्क लाग्ने छैन
  • राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका लागि एक अर्ब ९९ करोड
  • तराई–मधेस द्रुतमार्ग निर्माण २०८४ मा सम्पन्न गर्ने
  • एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारको घोषणा
  • नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गरिने
  • खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड विनियोजन
  • वैकल्पिक वित्त विकास कोषबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइने
  • वीरेठाँटी मुक्तिनाथ केबलकार निर्माण गर्न सहजीकरण गरिने
  • सहकारी विकास मन्त्रालयले पायो १ खर्ब १८ अर्ब ३४ करोड बजेट
  • भुमी व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रालयले पायो १ खर्ब १८ अर्ब ३४ करोड बजेट
  • स्वास्थ्य बीमालाई १० अर्ब, बाँकी भुक्तानी पनि ०८२-८३ भित्रै प्रदान गरिने
  • सरकारले साझा यातायातलाई थप १०० विद्युतीय बस दिने
  • कर्मचारीको तलब बढेन, मासिक महंगी भत्ता ५ हजार बढ्यो
  • वीरलाई सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने
  • प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा
  • काठमाडौं र ठूला सहरमा फाइभ जी सुरू गर्ने
  • काठमाडौंमा मेट्रोरेल र मनोरेलको सम्भाव्यता अध्ययन गरिने
  • रेलमार्ग निर्माणको लागि काँकडभिट्टादेखि इनरुवासम्म रोक्का राखिएको जग्गा फकुवा हुने
  • विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइने
  • नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण
  • आबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नतिका लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन
  • कर्णाली कोरिडोरलाई १ अर्ब २७ करोड

 

ताजा अपडेट

खोजी गर्नुहोस