पन्जाबलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ४७ पटक पढिएको
पन्जाबलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा

जेठ १६, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) फाइनलमा पुगेको छ । बिहीबार राति सम्पन्न पहिलो क्वालिफायरमा पन्जाब किङ्ग्सलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको हो ।

पन्जाबले दिएको १ सय २ रनको लक्ष्य बेङ्गलुरुले १० ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । बेङ्गलुरुका ओपनर फिल साल्टले अविजित ५६ रन बनाए । कप्तान रजत पाटिदार १५ रनमा अविजित रहँदा विराट कोहलीले १२ रन जोडे ।

पन्जाबका क्याल जेमिसन र मुसिर खानले समान १ विकेट लिए ।

त्यसअघि महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो ।

पन्जाबका मार्कस स्टोइनिसले २६ रन बनाए । यस्तै प्राभसिम्रन सिंह र अज्मतुल्लाह ओमरजाइले समान १८ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बेङ्गलुरुका सुयश शर्मा र जोश हेजलउडले समान ३ विकेट लिए । यश दयालले पनि २ विकेट लिए ।

पन्जाबले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच इलिमिनेटर खेल हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस