१५ दिन अगावै नेपाल भित्रियो मनसुन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ३९ पटक पढिएको
१५ दिन अगावै नेपाल भित्रियो मनसुन

जेठ १६, काठमाडौं । नेपालमा १५ दिन अगावै मनसुन भित्रिएको छ । यो वर्षको मनुसन बिहीबार (जेठ १५) राति नेपाल प्रवेश गरेको हो ।

मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको कारण अहिले कोसी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ ।

यसपालि तथ्यांक राख्न थालेयताकै सबैभन्दा छिटो मनसुन नेपाल प्रवेश गरेको हो । मनसुन भित्रिने सरदर मिति भने जुन १३ मा थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस