जेठ १७, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । गत जेठ १० गतेदेखि चीन भ्रमणमा रहेकी भण्डारीले शनिबार गान्सुमा चिनियाँ उपराष्ट्रपतिसँग भेट गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारी र उपराष्ट्रपति चेङबीचको भेट महत्त्वपूर्ण रहेको बताइएको छ । भण्डारीले गान्सु प्रान्तका पार्टीका उपप्रमुख रेन जेन्हेसँग पनि भेट गरेकी थिइन् ।
यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् ।
भ्रमण टोलीममा एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट छन् ।