भन्सार छलीका सामान बरामद

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १७, शनिबार (१ दिन अघि)
  • ४४ पटक पढिएको
भन्सार छलीका सामान बरामद

जेठ १७, पर्सा । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका १३ लाख ८० हजार रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगन्जतर्फ ल्याउँदै गरेको आठ लाख ३६ हजार ९५० रुपैयाँ मूल्य बराबरको मोबाइल पार्ट्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भन्सार छली भएका सामानलाई आजै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीको शुक्रबार ड्राइपोर्टबाट खटिएको टोलीले वीरगन्ज महानगर–२५ चण्डालचोकबाट अवैध रूपमा भन्सार छली गरेर प्रदेश२–०३ ००१ स ४२६४ नम्बरको इ–रिक्सामा लोड गरी ल्याउँदै गरेको दुई लाख ७० हजार रुपैयाँ मूल्य पर्ने मोटर पार्टस बरामद गरेको छ ।

त्यस्तै, दुई लाख मूल्य पर्ने इ–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ ।

त्यसैगरी भगुवा तथा नगवा इलाकाबाट ७३ हजार ८०० मूल्य पर्ने कपडा र किराना सामानसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस