गृहमन्त्रीको रानीनामा माग्नु निराधार र अनुचित : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १७, शनिबार (१ दिन अघि)
  • ५१ पटक पढिएको
गृहमन्त्रीको रानीनामा माग्नु निराधार र अनुचित : प्रधानमन्त्री ओली

जेठ १७, भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित ‘हाफ म्याराथन’ आरम्भपछि प्रधानमन्त्री ओलीले कर्मचारीमाथि प्रश्न उठेकै भरमा मन्त्रीको राजीनामा माग्नु अनुचित हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने तर्क गरे । उनले बोल्ने र माग राख्न पाउने प्रतिपक्षको अधिकारको सम्मान गर्ने भन्दै वर्तमान सरकार मन नपरेकै कारण निराधार माग तेस्र्याएर संसदमा अवरोध गरेको उनले बताए ।

पूर्वगृहमन्त्री रवि लामिछानेको सन्दर्भ र लेखकको सनदर्भ नै फरक भएको उनले बताए । ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सीआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन’, ओलीले भने, ‘त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो ।’

उनले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेऊभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेऊभन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस