जेठ १७, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य बढेको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले हवाईमा आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ ।
यससँगै अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य १ सय ४३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १ सय ४२ रुपैयाँ पर्नेछ ।
चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य १ सय ४० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।
भारतीय आयल निगमबाट मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको नेपाल आयल निगमको भनाइ छ ।