जेठ १९,काठमाडौँ । नेकपा (एमाले)को जनवर्गिय संगठन मध्येको एक नेपाल बुद्धिजीवी परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा ईन्जिनियर गजेन्द्र थपलिया विजयी भएका छन्। थपलियाले पार्टी नेताहरूको आशर्वाद पाएका डा. दीपेन्द्र भण्डारीलाई ५० मतको अन्तरमा पराजित गरे ।
अधिवेशनमा भण्डारीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन पार्टी नेतृत्वले जोड गरेको थियो । तर मतदानमा गएपछि गजेन्द्रले अनपेक्षित रूपमा भारी मतान्तरमा विजय प्राप्त गरे । मतदान प्रभावित गराउन भण्डारीको नाममा लाइन आयो भन्दै अधिवेशनस्थल टोखाको लर्ड पार्टी प्यालेसमा अभियान नै चलाइएको थियो ।
अन्ततः भण्डारी सर्वसम्मत नभएपछि मतदानबाट विजयी गराउने नेतृत्वको चाहना असफल भएको छ । थपलिया वर्तमान महासचिव थिए । यो अधिवेशनसँगै तीन कार्यकाल नेतृत्वको जिम्मेवारी सम्हाल्एका डा दिनेशचन्द्र देवकोटाले बुद्धिजीवी परिषद्बाट विदा लिएका छन् ।
अधिवेशनबाट महासचिवमा डा. दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । तीन पद बाहेक सबै पद निर्विरोध भएको थियो । अधिवेशन पाँच आयोगसहित ९९ सदस्यीय केद्रीय कमिटी निर्वाचित गरेको छ । निर्वाचित कमिटीको नामावली तल हेर्न सक्नुहुन्छ ।