शेयर बजार आज उच्च अङ्कले घट्यो, लगानीकर्ता निराश

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २०, मंगलबार (१ दिन अघि)
  • ४३ पटक पढिएको
शेयर बजार आज उच्च अङ्कले घट्यो, लगानीकर्ता निराश

जेठ २०,काठमाडौँ । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ७३ अङ्कले घटेर २ हजार ६ सय ५८ दशमलव ९३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर २ दशमलव ३४ प्रतिशत र होटल समूहको शेयर २ दशमलव १२ प्रतिशतले ओरालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ४ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन प्योज इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । यस्तै ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर ९ दशमलव ९४ प्रतिशतले उकालो लागेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस